२५ फागुन, काठमाडौं । गोकर्णेश्वरमा एक महिलाको हत्या गरी बोरामा प्याक गरेर शव फालिएको अवस्थामा फेला परेको छ। प्रहरीले यस घटनामा संलग्न रहेको आशंकामा पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सर्लाहीको बागमती ढुंगेखोला निवासी २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौंडा शिखरपानी निवासी २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली निवासी २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने निवासी २० वर्षीया पूजा परियार र एक नाबालक रहेका छन्। उनीहरूलाई प्रहरी वृत्त बौद्धको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिएका छन्।
शनिबार मध्यान्ह करिब १२ बजे गोकर्णेश्वर नगरपालिका–७, नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा पानीमा डुबेको अवस्थामा एक महिलाको शव भेटिएको थियो। बोरामा प्याक गरिएको अवस्थामा फेला परेको शव अन्दाजी ३५ वर्षीया महिलाको रहेको प्रहरीलाई प्राप्त सूचनामा उल्लेख छ।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर घटनाबारे अनुसन्धान अघि बढाएको छ। अनुसन्धानको क्रममा ती महिलाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ। यद्यपि, हत्या गरिएकी महिलाको सनाखत भने अझै हुन सकेको छैन।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
