लोकसारथि, ६ चैत । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले अबदेखि साँझको समयमा केही समयका लागि लोडसेडिङ हुने जानकारी दिएका छन्।
बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री खड्काले उद्योग क्षेत्रमा लोडसेडिङ सुरु भइसकेको र अब सर्वसाधारणका घरमा पनि विद्युत् कटौती हुने बताए।
मागभन्दा आपूर्ति कम
मन्त्री खड्काका अनुसार हाल विद्युत्को माग र आपूर्तिबीच ठूलो असन्तुलन छ। नेपाल विद्युत् प्राधिकरण (जसमा सरकारको शतप्रतिशत लगानी छ) ले हाल ७०० मेगावाट विद्युत् उत्पादन गरिरहेको छ भने निजी क्षेत्रले २८०० मेगावाट उत्पादन गरिरहेको छ। तर, कुल आपूर्ति आवश्यकताभन्दा कम रहेको छ।
उनले थपे, “अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ। हामीसँग करिब १ हजार मेगावाट विद्युत् छ, जुन आवश्यकताभन्दा कम हो। अब साँझको समयमा सर्वसाधारणका घरमा पनि लोडसेडिङको अवस्था आउन सक्छ।”
भारतीय विद्युत् कटौतीको असर
नेपालमा पुनः लोडसेडिङको अवस्था आउनुमा भारतले गरेको विद्युत् आपूर्ति कटौती प्रमुख कारण रहेको मन्त्री खड्काले बताएका छन्। हालसम्म भारतबाट नियमित रूपमा विद्युत् आपूर्ति हुँदै आए पनि आपूर्ति कटौती भएपछि नेपालमा लोडसेडिङको सम्भावना बढेको हो।
सरकारले विद्युत् आपूर्ति व्यवस्थापनलाई सहज बनाउन प्रयास गरिरहेको उल्लेख गर्दै मन्त्री खड्काले आम उपभोक्तालाई ऊर्जा खपतमा सतर्कता अपनाउन आग्रह गरे।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
