logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन:जहाँ फंसिन् सुनिता विलियम्स नौ महिना

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन:जहाँ फंसिन् सुनिता विलियम्स नौ महिना


  • बुधबार, चैत्र ६ २०८१
  • 1.8K
    SHARES

    लोकसारथि, ६ चैत ।अन्तरिक्षमा वैज्ञानिक अनुसन्धान तथा अध्ययनका लागि निर्माण गरिएको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) अन्तरिक्ष यात्रीहरूको अस्थायी बासस्थान मात्रै नभई नविनतम प्रयोगशालासमेत हो। यसै स्टेशनमा ९ महिना बिताएर अन्तरिक्ष यात्री सुनीता विलियम्स पृथ्वीमा फर्किएकी छिन्।

    पाँच बेडरुम बराबरको आकार, फुटबल मैदान जत्रो लम्बाइ
    नासाका अनुसार अन्तरिक्ष स्टेशनको कुल वजन करिब ४,५३,५५२ किलोग्राम छ, जुन एक विशाल घर जत्रै हो। यसमा ६ जनासम्मको अन्तरिक्ष यात्री टोली तथा केही अतिथि वैज्ञानिकहरू बस्न सक्छन्। यसको आकार फुटबल मैदान बराबरको छ।

    २४ घण्टामा १६ पटक सूर्योदय र सूर्यास्त
    अन्तरिक्ष स्टेशन पृथ्वीबाट करिब ४०३ किलोमिटर उचाइमा अवस्थित छ र यो १७,५०० माइल प्रतिघण्टा को गतिमा पृथ्वीको परिक्रमा गरिरहेको हुन्छ। आश्चर्यजनक कुरा के छ भने, यहाँ २४ घण्टामा १६ पटक सूर्योदय र १६ पटक सूर्यास्त हुन्छ। प्रत्येक ९० मिनेट मा दिन-रात परिवर्तन हुने भएकाले यहाँको जीवन पृथ्वीको भन्दा निकै भिन्न छ।

    वैज्ञानिक प्रयोगहरू तथा अनुसन्धानको केन्द्र
    ISS मा विभिन्न प्रकारका वैज्ञानिक अध्ययन तथा अनुसन्धान गरिन्छ। यहाँ शून्य गुरुत्वाकर्षणको वातावरणमा जैविक, भौतिक र अन्तरिक्ष विज्ञानसम्बन्धी प्रयोगहरू गरिन्छ, जसले भविष्यका अन्तरिक्ष यात्रालाई अझ प्रभावकारी बनाउन सहयोग गर्छ।

    अन्तरिक्ष यात्रुहरूको अस्थायी बासस्थान
    ISS मा पृथ्वीबाट जाने अन्तरिक्ष यात्रीहरू केही महिना बस्छन्, अनुसन्धान गर्छन् र पुनः पृथ्वी फर्किन्छन्। पछिल्लो पटक यहाँ सुनीता विलियम्स ९ महिनासम्म बसेकी थिइन्।

    अन्तरिक्षमा रहनु अत्यन्त चुनौतीपूर्ण भए पनि अन्तरिक्ष वैज्ञानिकहरू ISS मा रहँदा नयाँ-नयाँ खोजहरू गर्दै भविष्यका अन्तरिक्ष मिसनहरूलाई अझ प्रभावकारी बनाइरहेका छन्।

    प्रकाशित : बुधबार, ६ चैत्र २०८१ , ०२:५८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend