लोकसारथि डेस्क, १३ चैत । – तिलोत्तमा नगरपालिका वडा नं २ का जनप्रतिनिधि तथा वडा सदस्य खेमराज (रामकृष्ण) पाठकको सवारी दुर्घटनामा परी दुःखद निधन भएको छ।
आज दिउँसो बुटवलको कालिकानगर चौराहामा भएको दुर्घटनामा ईभी गाडीले उनको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करपछि गम्भीर घाइते भएका पाठकलाई तत्काल उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो, तर चिकित्सकहरूले उनलाई मृत घोषित गरे।
गाडी चालक प्रहरी नियन्त्रणमा
दुर्घटनामा संलग्न ईभी गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालयले दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
नगरवासी शोकमा, समाजसेवी नेताको असामयिक निधन
वडा सदस्य पाठकको असामयिक निधनले तिलोत्तमा नगरवासी शोकमा डुबेका छन्। इमानदार, निष्ठावान् र समाजसेवामा समर्पित पाठकको निधनले वडा नं २ ले एउटा होनहार जनप्रतिनिधि गुमाएको छ। स्थानीयबासी, शुभचिन्तक तथा नगरका जनप्रतिनिधिहरूले शोक व्यक्त गर्दै उनको योगदानको सम्झना गरेका छन्।
दाहसंस्कारको तयारी
पाठकको पार्थिव शरीरलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। परिवारजन तथा नगरपालिकाले अन्त्येष्टिसम्बन्धी आवश्यक निर्णय गर्ने जनाइएको छ।
— लोकसारथी समाचार
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
