logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

शिकार खेल्ने क्रममा गोली लागेर एक युवकको मृत्यु, तीन जना पक्राउ

शिकार खेल्ने क्रममा गोली लागेर एक युवकको मृत्यु, तीन जना पक्राउ


  • सोमबार, बैशाख १ २०८२
  • 741
    SHARES

    कपिलवस्तु, वैशाख १ ।
    कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ गब्दाहवामा शिकार खेल्ने क्रममा एक युवकको ज्यान गएको छ। बुद्ध सामुदायिक वनको खयरभट्टी क्षेत्रमा शिकार खेलिरहेका २८ वर्षीय समुन्द्र गाहा मगरको गोली लागेर मृत्यु भएको हो।

    प्रहरीका अनुसार मगर तीन जनाको समूहसहित शिकार खेल्न गएका थिए। शिकारको क्रममा चलेकै गोली लागेर उनी गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै उनलाई घटनास्थलमा रहेका व्यक्तिहरूले उपचारका लागि भैरहवा मेडिकल कलेज पुर्‍याएका थिए। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

    घटनापछि अनुसन्धान थालेको प्रहरीले संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ३४ वर्षीय राम बहादुर थारु, ३६ वर्षीय कालु भनिने राम थारु र प्रवेश थारु रहेका छन्।

    घटनास्थलबाट प्रहरीले एक लोडेड बन्दुकसहित दुई नाल भरुवा बन्दुक पनि बरामद गरेको प्रहरीले जनाएको छ।
    प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    प्रकाशित : सोमबार, १ बैशाख २०८२ , ०७:४० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend