लोकसारथि, ३ वैशाख । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर स्थानीय वायुको प्रभाव सक्रिय रहेको छ। यसको प्रभावस्वरूप विभिन्न प्रदेश तथा भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ।
कोशी, मधेश, बागमती, र गण्डकी प्रदेशलगायतका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा देखि आंशिक बदली रहेको विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी क्षेत्रहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
बुधबार दिउँसो र राति वर्षा र हिमपातको सम्भावना
बुधबार दिउँसो देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको मौसमविद्हरूले बताएका छन्।
बुधबार राति पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
बिहीबार केही स्थानमा भारी वर्षाको सम्भावना
बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी क्षेत्रका केही स्थानहरू र अन्य भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हिमपात पनि हुनसक्नेछ।
बिहीबार राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। यसका साथै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा वर्षा तथा हिमपात पनि हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सावधानी अपनाउन मौसमविद्हरूको आग्रह
मौसममा हुने यस्तो परिवर्तनका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्। विशेष गरी पहाडी र हिमाली भूभागमा यात्रा गर्ने तथा कृषिमा संलग्न नागरिकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
