logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

कक्षा १२ को परीक्षा यथावत् हुने : राष्ट्रिय परीक्षा बोर्डको आग्रह, भ्रामक सूचनाबाट सतर्क रहन विद्यार्थीलाई आग्रह

कक्षा १२ को परीक्षा यथावत् हुने : राष्ट्रिय परीक्षा बोर्डको आग्रह, भ्रामक सूचनाबाट सतर्क रहन विद्यार्थीलाई आग्रह


  • शनिबार, बैशाख ६ २०८२
  • 1.2K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को वार्षिक परीक्षा यथावत् रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ। शिक्षक आन्दोलनको कारण परीक्षा स्थगित गरिएको भन्ने भ्रामक सूचना सामाजिक सञ्जालमा फैलिएकोप्रति आपत्ति जनाउँदै बोर्डले सो सूचनामा विश्वास नगर्न विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई आग्रह गरेको छ।

    बोर्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुने जानकारी दिएको छ। “बोर्डको नाममा अध्यक्षको हस्ताक्षरसमेत राखी सामाजिक सञ्जालमा फैलाइएको सूचना पूर्णतः अनधिकृत हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्ता भ्रामक सूचना सम्प्रेषण गर्नेहरूमाथि साइबर कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइएको छ।”

    परीक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै बोर्डले विद्यार्थीलाई नियमित तयारीमा जुट्न आग्रह गरेको छ। साथै, अभिभावक, शिक्षक तथा प्रधानाध्यापकलाई परीक्षा सञ्चालनमा सहयोग र समन्वय गर्न अपिलसमेत गरेको छ।

    बोर्डले परीक्षासम्बन्धी सबै आधिकारिक सूचना आफ्नो वेबसाइटमार्फत मात्र सार्वजनिक हुने स्पष्ट पार्दै अन्य माध्यमबाट आउने सूचनामा भर नपर्न समेत अनुरोध गरेको छ।

    प्रकाशित : शनिबार, ६ बैशाख २०८२ , ०६:०९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend