logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

काठमाडौंको ढुंगेअड्डामा गुडिरहेको यात्रुबाहक बसमा आगलागी, बस पूर्णरुपमा नष्ट

काठमाडौंको ढुंगेअड्डामा गुडिरहेको यात्रुबाहक बसमा आगलागी, बस पूर्णरुपमा नष्ट


  • बिहिबार, बैशाख ११ २०८२
  • 1.4K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ स्थित ढुंगेअड्डा नजिक पिपलबोटको मूल सडकमा काठमाडौंबाट थानकोट जाँदै गरेको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ। कंलकीबाट थानकोटतर्फ जाँदै गरेको पाँचपोखरी यातायात अन्तर्गतको बा.१ ख ९७८६ नम्बरको बस आगलागीपछि पूर्णरूपमा क्षति भएको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार, बसको इन्जिनमा एक्कासी आगो लागेपछि घटनास्थलमा तनावको स्थिति सिर्जना भएको थियो। तर, चालक र यात्रुहरूको सूझबुझ र सावधानीका कारण कुनै मानवीय क्षति भएको छैन

    घटनापछि यात्रुहरू तुरुन्तै बसबाट बाहिर निस्किएर सुरक्षित स्थानमा पुगेका थिए। आगलागीको खबर पाएपछि चन्द्रागिरी नगरपालिकाको दमकल, पानी ट्यांकर, प्रहरी, र स्थानीय बासिन्दाहरूको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको हो।

    प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा इन्जिनमा विद्युत सर्ट भएर आगलागी भएको आशंका गरिएको छ। यद्यपि आगलागीको यकिन कारणबारे थप अनुसन्धान भइरहेको छ।

    सार्वजनिक सवारीसाधनमा यस्ता दुर्घटना बढिरहेका बेला सवारी साधनको नियमित मर्मत तथा सुरक्षा चेकजाँच गर्न सम्बन्धित निकायको ध्यानाकर्षण भएको छ।

    प्रकाशित : बिहिबार, ११ बैशाख २०८२ , ०२:१३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend