logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

नागरिक एपबाट दैनिक २५–३० हजारले लाइसेन्स देखाउँछन्, १७ सयले जरिवाना तिर्छन्।

नागरिक एपबाट दैनिक २५–३० हजारले लाइसेन्स देखाउँछन्, १७ सयले जरिवाना तिर्छन्।


  • शनिबार, बैशाख २० २०८२
  • 1.3K
    SHARES

    लोकसारथि, संवाददाता । दैनिक २५ देखि ३० हजार सवारी चालकहरुले नागरिक एपमार्फत डिजिटल्ली लाइसेन्स देखाउने सुविधा लिन थालेका छन् ।

    शुक्रबार राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा बोल्दै बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले दैनिक २५ देखि ३० हजारले नागरिक एपबाट लाइसेन्स देखाउने गरेको र १७ सयले नागरिक एपबाटै जरिवाना दिने गरेको जानकारी दिएका हुन् ।

    ‘उपत्यका ट्राफिक प्रहरी कार्यालयको हाल सम्मको विवरण अनुसार प्रतिदिन २५ देखि ३० हजार सम्मको संख्यामा सवारी चालकहरुले नागरिक एपमार्फत डिजिटल्ली लाइसेन्स देखाउने सुविधा लिएको र प्रतिदिन कारबाहीमा परेका करिब २२ सय सवारी चालक मध्ये १७ सय जनाले नागरिक एपमार्फत जरिवाना दिएको जानकारी प्राप्त भएको छ,’ कार्यक्रममा मन्त्री महर्जनले भनेका थिए ।

    सरकारले २०७७ सालमा सबै किसिमका सरकारी र सार्वजनिक सेवा मोबाइलबाटै दिनेगरी नागरिक एप सञ्चालनमा ल्याएको थियो । अहिले नागरिक एपमा ६५ बढी सेवा सुविधा उपलब्ध रहेका छन् भने विस्तारै अन्य सेवा पनि थप हुँदै जाने छन् ।

    प्रकाशित : शनिबार, २० बैशाख २०८२ , ०५:१५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend