logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

तिलोत्तमाको वडा नं. १ र २ मा राष्ट्रिय परिचयपत्र वितरण सुरु हुँदै

तिलोत्तमाको वडा नं. १ र २ मा राष्ट्रिय परिचयपत्र वितरण सुरु हुँदै


  • मंगलबार, बैशाख २३ २०८२
  • 1.9K
    SHARES

    – लोकसारथि संवाददाता, बुटवल।

    तिलोत्तमा नगरपालिकाको वडा नं. १ र वडा नं. २ मा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सुरु हुन लागेको छ। नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै मिति २०८२ बैशाख २५ गतेदेखि आगामी १५ दिनसम्म ती दुई वडाका बायोमेट्रिक प्रक्रिया पूरा गरेका नेपाली नागरिकहरूलाई परिचयपत्र वितरण गरिने जानकारी दिएको हो।

    यसअघि सम्बन्धित वडामा गई फोटो खिचाई तथा बायोमेट्रिक विवरण प्रविष्ट गराएका वडा नं. १ र २ का बासिन्दाहरूले आफ्नो वडा कार्यालयमै आवश्यक कागजातसहित उपस्थित भई परिचयपत्र प्राप्त गर्न सक्नेछन्।

    परिचयपत्र लिन आवश्यक कागजातहरू यस्ता छन्:
    १. फोटो खिचेको राष्ट्रिय परिचयपत्र वितरण प्रविष्ट भएको निस्सा,
    २. व्यक्तिको सक्कल नेपाली नागरिकता प्रमाणपत्र,
    ३. पुनः बायोमेट्रिक प्रविष्ट गर्नुपर्ने भएकाले व्यक्ति स्वयं उपस्थित हुनुपर्ने।

    सूचनामा उल्लेख भएअनुसार अर्धकट्टी हराएका व्यक्तिको हकमा नागरिकताको विवरणबाट पनि विवरण मिलान गरी परिचयपत्र वितरण गरिनेछ।

    वडावारै कार्यक्रम सञ्चालन गरिने भएकाले वडा नं. १ र वडा नं. २ का कार्यालयहरूलाई आवश्यक सहजीकरण गर्न नगरपालिकाले अनुरोध गरेको छ।

    प्रकाशित : मंगलबार, २३ बैशाख २०८२ , ०७:३६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend