logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

तिलोत्तमा नगरपालिकाका कर्मचारी इश्वरी भण्डारीको असामयिक निधन, नगरपालिकामा शोक बिदा

तिलोत्तमा नगरपालिकाका कर्मचारी इश्वरी भण्डारीको असामयिक निधन, नगरपालिकामा शोक बिदा


  • शुक्रबार, बैशाख २६ २०८२
  • 1.2K
    SHARES

    लोकसारथि संवाददाता, बुटवल।

    तिलोत्तमा नगरपालिकामा अमिन पदमा कार्यरत इश्वरी भण्डारीको असामयिक निधन भएको छ। करिब ८ वर्षदेखि नक्सा शाखामा कार्यरत भण्डारीको उपचारको क्रममा काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

    स्वास्थ्य अवस्था जटिल भएपछि लामो समयदेखि उपचाररत रहेका तिलोत्तमा–६ निवासी भण्डारीको शुक्रबार निधन भएको हो। नगरपालिकाले एक शोक विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ।

    नगर प्रमुख अनुप राना र प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “नगरपालिकाका इमानदार, कर्तव्यनिष्ठ तथा मृदुभाषी कर्मचारी भण्डारीको निधनले नगरलाई अपूरणीय क्षति पुगेको छ।”

    उनको सम्झनामा शुक्रबार एक दिनको शोक बिदा दिइएको छ। सोही अनुसार आज नगरपालिकाको केन्द्रिय कार्यालय, सबै वडा कार्यालयहरू तथा स्वास्थ्य चौकीहरूको सेवा प्रवाह बन्द गरिएको सूचना पत्रमा उल्लेख छ।

    नगरपालिकाले दिवंगत भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

    प्रकाशित : शुक्रबार, २६ बैशाख २०८२ , ०७:४४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend