लोकसारथि संवाददाता, काठमाडौं ।
भारतीय क्रिकेटका पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेपछि भारतीय क्रिकेटका समर्थक मात्र होइन, सांस्कृतिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू पनि आश्चर्यचकित र भावुक बनेका छन्। कोहलीले आफ्नो १४ वर्षे गौरवपूर्ण टेस्ट करिअरलाई एक भावनात्मक इन्स्टाग्राम पोस्टमार्फत् बिट मार्दा, कैयौं मनहरू दुःखी भए।
यसैबीच, प्रख्यात गीतकार तथा लेखक जावेद अख्तरले कोहलीको संन्यासलाई ‘समयभन्दा अगाडि’ भएको भन्दै निराशा व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल X (पूर्व ट्विटर) मा लेखेका छन् –
“जाहिर छ, विराटलाई आफैं थाहा छ कि के गरिरहनु भएको छ। तर म उहाँको प्रशंसकका रूपमा भन्न चाहन्छु कि उहाँको यो ‘समयभन्दा पहिलेको टेस्ट क्रिकेटबाटको संन्यास’ले मलाई निराश बनाएको छ। मलाई लाग्छ, उहाँभित्र अझै धेरै क्रिकेट बाँकी छ। म उहाँसँग सत्य निष्ठाका साथ यो निर्णयमा पुनर्विचार गर्न आग्रह गर्दछु।”
अनुष्का शर्माको भावुक सन्देश
विराट कोहलीकी पत्नी तथा बलिउड अभिनेत्री अनुष्का शर्माले समेत श्रीमान्को संन्यासमा भावुक पोस्ट साझा गरेकी छन्। स्टेडियमबाट विराटसँगको एक तस्बिर पोस्ट गर्दै उनले लेखेकी छन् –
“सबै जना रेकर्ड र माइलस्टोनको कुरा गर्छन्, तर म त ती आँसु सम्झन्छु जुन तपाईंले देखाउनु भएन, ती लडाइँहरू सम्झन्छु जसलाई कसैले देखेन, र त्यो माया जुन तपाईंले यो खेललाई दिनुभयो। तपाईंले कति धेरै अर्पण गर्नुभयो मलाई थाहा छ।”
उनले थप लेखेकी छन् –
“मैले सधैं सोच्थें कि तपाईंले सेतो ड्रेसमै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिनुहुने छ। तर तपाईंले आफ्नो मनको सुन्नुभयो। म तपाईंलाई केवल यति भन्न चाहन्छु कि– तपाईंले यो अलविदाको प्रत्येक पल कमाउनुभएको छ।”
बलिउडको पनि अभिव्यक्ति
जावेद अख्तर मात्र होइन, बलिउडका अन्य कलाकारहरूले पनि विराट कोहलीको टेस्ट क्रिकेटको यात्राप्रति कृतज्ञता प्रकट गर्दै सोशल मिडियामा पोस्ट गरेका छन्।
विराट कोहलीले क्रिकेटप्रेमीहरूलाई दिएका अविस्मरणीय क्षणहरू अझ धेरैको अपेक्षा अझ बाँकी थियो भन्ने धेरैको धारणा छ। अब उनले पुनर्विचार गर्ने सम्भावना रहन्छ वा होइन, त्यो भने समयले नै देखाउनेछ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
