– लोकसारथि संवाददाता, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका–१ बसन्तपुरमा शुक्रबार बिहान कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय गोरुसिंगेका अनुसार शुक्रबार बिहान करिब ५:४५ बजे पत्थरकोट–गोरुसिंगे सडक खण्डमा बिएबी ९५९९ नम्बरको कारले दुई जना महिलालाई ठक्कर दिएको थियो।
दुर्घटनामा परी गम्भीर घाइते भएकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई उपचारका लागि जिल्ला अस्पताल, तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त कार रुपन्देहीको सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठले चलाएका थिए। चालक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी तथा सूचना अधिकारी मोहन मणि अधिकारीले जनाएका छन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
