– लोकसारथि संवाददाता, काठमाडौं ।
चितवनको भरतपुरमा एक ४२ वर्षीय व्यक्तिले आफ्नै छोरी र दाजुको छोरालाई धारिलो हतियारले प्रहार गरेका छन्।
भरतपुर महानगरपालिका–२५ स्थित किसान चोकमा बस्दै आएका लिला गिरीले शुक्रबार बिहान ५ वर्षका सजन गिरी र १३ वर्षीया प्रभा गिरीमाथि धारिलो हतियार प्रहार गरेका हुन्। सजन उनका दाजुको छोरा हुन् भने प्रभा उनकी आफ्नै छोरी हुन्।
घटनामा दुबै बालबालिका गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल भर्ना गरिएको छ।
प्रहरीका अनुसार हतियार प्रहारपछि लिला गिरीले आत्महत्या प्रयास समेत गरेका छन्। उनले धारिलो हतियारले आफ्नै घाँटी रेटेका थिए। उनको पनि अवस्था गम्भीर रहेको र तीनै जनाको जीवनरक्षा चुनौतीपूर्ण रहेको चितवनका एसपी गोविन्द पुरीले जानकारी दिएका छन्।
घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ। घटनाको कारण खुल्न बाँकी रहेको र मानसिक अवस्था परीक्षणका लागि लिला गिरीको व्यवहारमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
