– लोकसारथि संवाददाता, नवलपरासी।
केही दिनदेखि पूर्णरूपमा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड शनिबार बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। शुक्रबार रातिदेखि बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोलानजिकको सडक भासिएपछि सम्पूर्ण सवारी आवागमन अवरुद्ध भएको थियो।
इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक दीपेन्द्र वानियाका अनुसार आज बिहान ७ बजेदेखि क्षतिग्रस्त भागको मर्मत कार्य सुरु गरिएको थियो। त्यसपछि बिहान १० बजेदेखि एकतर्फी रूपमा सवारी आवागमन खोलिएको हो। यद्यपि, सडक अझै पनि जोखिमयुक्त रहेको हुँदा सवारी चालकहरूलाई अत्यधिक सावधानी अपनाउन आग्रह गरिएको छ।
उक्त सडक खण्ड बुटवल–नारायणगढ सडक विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन अवस्थामा रहेको छ। दाउन्ने खण्डको झण्डै २० किलोमिटर सडक अझै कालोपत्रे हुन बाँकी रहेका कारण वर्षाको समयमा सडक चिप्लो हुने, भासिने तथा आवागमन अवरुद्ध हुने समस्या पटक–पटक देखिँदै आएको छ।
सडक निर्माणको ढिलाइ तथा प्रभावकारी व्यवस्थापनको अभावले यात्रुहरू र स्थानीय बासिन्दा निरन्तर समस्यामा पर्दै आएका छन्। सम्बन्धित निकायले यथाशीघ्र स्थायी समाधानको पहल गर्नुपर्ने माग समेत स्थानीयहरूबाट उठिरहेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
