– लोकसारथि संवाददाता।
बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ । कुशवाहालाई आइतबार वडा कार्यालयबाटै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार वडाध्यक्ष कुशवाहाविरुद्ध कुटपिट, चेक अनादर र आपराधिक लाभ सम्बन्धी तीनवटा फरक कसुरमा बारा जिल्ला अदालतबाट सजायको फैसला भइसकेको थियो । सोही फैसलाको कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
पक्राउपछि कुशवाहालाई आइतबार नै बारा जिल्ला अदालतमा पेस गरिएको छ । अदालतले दोषी ठहर गरिसकेको अवस्थामा निर्वाचित जनप्रतिनिधिको पदमा रहँदै आएका कुशवाहाको पक्राउले स्थानीय तहमा कानूनी शासन र जवाफदेहिताको सवाल फेरि एकपटक उठाएको छ ।
स्थानीय स्रोतका अनुसार वडाध्यक्ष कुशवाहा विरुद्ध यसअघि पनि विवादास्पद गतिविधिमा संलग्न भएको आरोप लाग्दै आएका थिए । अदालतको फैसलापछि पनि उनी पदमा कायम रहनु र कार्यालयमै काम गर्दै हुनुप्रति प्रश्न उठ्न थालेको छ ।
प्रहरीले अब कुशवाहाविरुद्धको सजाय कार्यान्वयन प्रक्रिया अघि बढाइने जानकारी दिएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
