logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

नेपालभरि मौसम बदली र वर्षाको क्रम जारी, सावधानी अपनाउन आग्रह

नेपालभरि मौसम बदली र वर्षाको क्रम जारी, सावधानी अपनाउन आग्रह


  • आइतबार, जेष्ठ ११ २०८२
  • 1.3K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    नेपालमा पछिल्लो केही दिनदेखि पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको प्रभावका कारण मौसम बदली र वर्षा हुने क्रम जारी रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भूभागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपातसमेत हुनसक्ने सम्भावना छ।

    महाशाखाले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा आज राति देशका पहाडी भूभागका थोरै स्थान र तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने उल्लेख छ। साथै उच्च पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताइएको छ।

    सोमबार अझ सक्रिय रहने संकेत
    सोमबारको मौसम झन् सक्रिय हुने सम्भावना देखिएको मौसमविद्हरूको अनुमान छ। कोसी, मधेस र बागमती प्रदेशसहित देशका पहाडी क्षेत्रका थोरै स्थानमा र अन्य क्षेत्रका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना प्रकट गरिएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा फेरी पनि हिमपात हुनसक्ने जनाइएको छ।

    वर्षाको मापन र भू-परिभाषा
    मौसमविद्हरूका अनुसार २४ घण्टामा:

    -१० मि.मि.भन्दा कम पानी पर्नु हल्का वर्षा

    -१०–५० मि.मि.सम्म पर्नु मध्यम वर्षा

    -५०–१०० मि.मि.सम्म पर्नु भारी वर्षा

    -१००–२०० मि.मि.सम्म पर्नु धेरै भारी वर्षा

    -२०० मि.मि.भन्दा बढी पर्नु अति भारी वर्षा हो।

    त्यस्तै, एक-दुई स्थान भन्नाले सम्बन्धित क्षेत्रको २५ प्रतिशतभन्दा कम भूभाग, थोरै स्थान भनेको २५–३० प्रतिशत भूभाग र केही स्थान भनेको ५० प्रतिशत भूभागमा वर्षा हुने संकेत दिन्छ।

    सावधानी अपनाउन आग्रह
    मौसम महाशाखाले देशका अधिकांश भागमा अस्थायी बदली र छिटफुट वर्षा हुने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ। विशेषगरी उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले यात्रा वा गोठालो गएकाहरूले सतर्कता अपनाउनु पर्ने उल्लेख छ।

    महाशाखाले पछिल्लो अपडेटहरूका लागि नियमित रूपमा सूचना अवलोकन गर्न आम नागरिकलाई आग्रह गरेको छ।

    प्रकाशित : आइतबार, ११ जेष्ठ २०८२ , ०८:४७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend