logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

जनजागृतिमा जुनियर रेडक्रस सर्कल (जुरेस), बाल तथा इको क्लब गठन

जनजागृतिमा जुनियर रेडक्रस सर्कल (जुरेस), बाल तथा इको क्लब गठन


  • शुक्रबार, जेष्ठ २३ २०८२
  • 2K
    SHARES

    जेठ–२३, तिलोत्तमा । तिलोत्तमा–२, योगीकुटीमा रहेको श्री जनजागृति मा.वि.मा विद्यार्थीहरूको भेलाद्वारा जुरेस, बाल तथा इको क्लब गठन गरिएको छ ।

    पढाइका अतिरिक्त विद्यार्थीहरूमा मानवीय सेवा र परोकारको भावना जागृत गर्न जुनियर रेडक्रस सर्कल, बालबालिकाका हकअधिकारसहित बालकर्तव्य र जिम्मेवारी बुझाउँदै विद्यालयमा बालमैत्री वातावरण तयार गर्न बाल क्लब एवम् वातावरणीय सरसफाइमा विद्यार्थीहरूको क्रियाशीलता वृद्धि गर्न इको क्लब गठन गरिएको कुरा विद्यालयका प्रधानाध्यापक टंकप्रसाद पौडेलले बताउनुभयो ।

    विविध क्लबमध्ये सिर्जना डुम्रेको अध्यक्षतामा २५ सदस्यीय जुनियर रेडक्रस सर्कल, स्नेहा लिम्बुको अध्यक्षतामा १५ सदस्यीय इको क्लब र खुसीमान श्रीसको अध्यक्षतामा २५ सदस्यीय बाल क्लब गठन भएका छन् । विद्यार्थी खुसीमान श्रीसको अध्यक्षता, विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमप्रसाद भुसालको प्रमुख आतिथ्य, प्रधानाध्यापक टंकप्रसाद पौडेल, सहायक प्रधानाध्यापक खेमराज खनाल, अतिरिक्त क्रियाकलाप प्रमुख नरेन्द्र बहादुर क्षेत्री, प्राथमिक तह इन्चार्ज गङ्गा सापकोटा, शिक्षक गणेश भुसाललगायतको आतिथ्यमा सम्पन्न भेलाको संयोजन बाल क्लबकी प्रतिनिधि शिक्षक गीता पन्थ, शिक्षक नायक विकास शर्माले गर्नुभएको थियो ।

    प्रकाशित : शुक्रबार, २३ जेष्ठ २०८२ , १२:४३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend