लोकसारथि संवाददाता, काठमाडौं ।
एसियन कप २०२७ को तेस्रो चरणको छनोटअन्तर्गत नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले समूह ‘एफ’ को दोस्रो खेलमा आज लाओससँग प्रतिस्पर्धा गर्दै छ । खेल लाओसको ‘न्यु लाओस नेसनल रंगशाला’मा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुने छ ।
अहिलेसम्मको तथ्यांक हेर्दा नेपाल लाओसविरुद्ध अपराजित रहँदै आएको छ । सन् २०१६ यता भएका सात खेलमध्ये नेपालले पाँचमा जित दर्ता गरेको छ भने दुई खेल बराबरीमा सकिएका छन् । पछिल्लो पटक सन् २०२३ अक्टोबरमा भएको विश्वकप छनोटमा नेपालले लाओसलाई समग्रमा २–१ ले हराउँदै दोस्रो चरणमा स्थान सुरक्षित गरेको थियो ।
यस खेललाई एसियन कप छनोटको हिसाबले निर्णायक मानिएको छ । समूह ‘एफ’ को पहिलो खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो भने लाओस भियतनामसँग ५–० ले ठूलो अन्तरले पराजित भएको थियो । आजको खेल दुवै टिमका लागि प्रतिष्ठा र सम्भावनाको खेल मानिएको छ ।
नेपालका प्रशिक्षक म्याट रोस र कप्तान किरण चेम्जोङ दुवैले लाओसविरुद्ध जित निकाल्ने आत्मविश्वास व्यक्त गरेका छन् । यद्यपि किरणले लाओसलाई कमजोर ठान्न नहुने भन्दै खेलमा सतर्कता आवश्यक रहेको बताएका छन् ।
खेलको तयारीस्वरूप नेपालले हालै हङकङसँग मैत्रीपूर्ण खेल खेल्दै ३७ वर्षपछि पहिलोपटक आफूभन्दा फिफा वरीयतामा माथिल्लो टोलीसँग गोलरहित बराबरी खेलेको थियो । यसले टोलीको मनोबलमा थप उकासिएको विश्वास गरिएको छ ।
आजको खेलमा नेपालको प्रदर्शन र नतिजाले एसियन कपमा अगाडि बढ्ने आशा कायम राख्ने वा कमजोर बनाउने संकेत दिनेछ । समर्थकहरूको अपेक्षा जितमै केन्द्रित छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
