logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

विद्यालय शिक्षा विधेयकमा माग समावेश गर्न नेपाल शिक्षक महासंघको एमाले कार्यालयमा धर्ना

विद्यालय शिक्षा विधेयकमा माग समावेश गर्न नेपाल शिक्षक महासंघको एमाले कार्यालयमा धर्ना


  • बिहिबार, भाद्र १२ २०८२
  • 845
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा आफ्ना माग समेट्न दबाब दिने उद्देश्यले नेकपा (एमाले)को पार्टी कार्यालय च्यासलमा बिहीबार दुई घण्टा धर्ना दिएको छ। धर्नापछि महासंघको प्रतिनिधि टोलीले एमाले महासचिव शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ।

    यसअघि महासंघले बुधबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको थियो। त्यस्तै, शुक्रबार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा पनि धर्ना दिने कार्यक्रम रहेको महासंघले जनाएको छ।

    महासंघका अनुसार प्रतिनिधिसभामा पेस भएको विद्यालय शिक्षा विधेयकले विगतका सहमतिहरूलाई बेवास्ता गरेको छ। त्यसैले माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन अघि बढाइने चेतावनी महासंघले दिएको छ।

    प्रकाशित : बिहिबार, १२ भाद्र २०८२ , ०१:४५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend