logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

जेनजेड आन्दोलन र राजधानी स्थिति मध्यनजर गर्दै माओवादी केन्द्र आकस्मिक बैठकमा जुटे

जेनजेड आन्दोलन र राजधानी स्थिति मध्यनजर गर्दै माओवादी केन्द्र आकस्मिक बैठकमा जुटे


  • सोमबार, भाद्र २३ २०८२
  • 403
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    काठमाडौँसहित देशका विभिन्न स्थानमा जेनजेड (Gen Z) पुस्ताको प्रदर्शन र देशको समसामयिक अवस्था मध्यनजर गर्दै नेकपा माओवादी केन्द्रका उपलब्ध पदाधिकारीहरूले सोमबार आकस्मिक बैठक बसेको छ। बैठक भिमसेन थापा गाउँपालिका–३, टारिफाटमा सम्पन्न भएको थियो।

    बैठकका निर्णय

    बैठकले हाल जारी माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गर्दै भोलि काठमाडौँमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको छ।

    बैठकले जेनजेड प्रदर्शनका क्रममा भएका दुःखद घटनाप्रति स्तब्धता व्यक्त गर्दै प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

    सरकारका लागि सन्देश

    बैठकले जेनजेडले उठाएका सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउने, भ्रष्टाचारविरुद्धका माग सम्बोधन गर्ने र स्थिति थप बिग्रिन नदिन जिम्मेवार र ठोस कदम चाल्न सरकारसमक्ष माग गरेको छ।

    बैठकले स्पष्ट पारेको छ कि सकारात्मक संवाद र जनताको माग सुन्ने प्रक्रिया अगाडि बढाउनु अपरिहार्य भएको छ।

    प्रकाशित : सोमबार, २३ भाद्र २०८२ , ०४:०० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend