लोकसारथि संवाददाता, काठमाडौं ।
काठमाडौँमा सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजेड (Gen Z) पुस्ताको प्रदर्शन हिंसात्मक बन्दै गएको छ। ट्रमा सेन्टरमा गम्भीर घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएपछि मृतक संख्या १५ पुगेको पुष्टि भएको छ।
अस्पतालवार मृतक संख्या
-
ट्रमा सेन्टर : ७
-
सिभिल अस्पताल : ३
-
काठमाडौँ मेडिकल कलेज (KMC) : १
-
त्रिवि शिक्षण अस्पताल : १
-
एभरेस्ट अस्पताल : ३
अहिलेसम्म घाइतेहरूको यकिन संख्या प्राप्त नभएको छ। तर, विभिन्न अस्पतालमा सयौं प्रदर्शनकारी घाइते भएका बताइएको छ।
घटनाको पृष्ठभूमि
प्रदर्शनकारीहरूले संसद भवनतर्फ प्रवेश गर्ने प्रयास गर्दा प्रहरीले लाठीचार्ज, अश्रुग्यास र गोली प्रहार गरेको थियो। यस क्रममा विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ।
वर्तमान स्थिति
-
काठमाडौं उपत्यकामा कर्फ्यू जारी छ।
-
सेना परिचालन भइसकेको छ।
-
मृतक र घाइतेहरूको संख्या बढ्ने क्रम जारी छ।
स्वास्थ्य तथा सुरक्षा अधिकारीहरूले सबैलाई संयमित रहन र कर्फ्यू पालना गर्न आग्रह गरेका छन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
