लोकसारथि संवाददाता, बैतडी ।
बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा शनिबार दिउँसो इभी (इलेक्ट्रोनिक भ्यान) दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
धनगढीबाट पुर्चौंडी जाँदै गरेको सुपप्र ०२००१ ज ०६२० नम्बरको जिप जयपृथ्वी राजमार्गअन्तर्गत भञ्ज्याङमा करिब दिउँसो पौने ३ बजे दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए।
इभीमा चालकसहित १९ जना सवार थिए। तीमध्ये ८ जना सकुशल रहे भने १० जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये ६ जनाको अवस्था सामान्य र ४ जनाको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक बडूले बताए।
घाइते हुनेहरू
-
पुर्चौंडी नगरपालिका–५ का १५ वर्षीय भुवन साउँद
-
२८ वर्षीया यशोदा साउँद
-
५ वर्षीय कोबित पन्त
-
२८ वर्षीया पवित्रा पन्त
-
१९ वर्षीय नरेश बोहरा
-
२८ वर्षीया वसन्ती अवस्थी
-
१७ वर्षीय विकास साउँद
-
पुर्चौंडी नगरपालिका–४ की १९ वर्षीया कमला धानुक
-
त्यही ठाउँका २२ वर्षीय प्रकाश धानुक
-
पुर्चौंडी नगरपालिका–३ की २२ वर्षीया सावित्री धामी
सर्वै घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
यस घटनापछि इभी चालक पुर्चौंडी नगरपालिका–५ का महेश बोहरा फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता बडूले बताए।
प्रहरीका अनुसार जिप सडकबाट करिब २५ मिटर तल खसेको हो। घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
