लोकसारथि संवाददाता, काठमाडौं ।
जेनजी युवा आन्दोलनका क्रममा घाइते भएकाहरुलाई सरकारले औपचारिक परिचयपत्र वितरण सुरु गरेको छ। शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौंका विभिन्न अस्पताल पुगेर घाइतेलाई भेट्दै परिचयपत्र वितरणको शुरुवात गरेका हुन्।
गृह मन्त्रालयको निर्णयअनुसार परिचयपत्र वितरणसँगै जेनजी आन्दोलनका घाइतेहरुको फलोअप उपचारलाई व्यवस्थित बनाउन देशभर १६ अस्पतालमा विशेष ‘जेनजी क्लिनिक’ स्थापना गरिएको छ। मन्त्रालयका अनुसार घाइतेलाई अस्पतालसम्म पुग्न निःशुल्क आवत–जावत सुविधा पनि उपलब्ध गराइएको छ।
फोकल पर्सन तोकिए
आन्दोलनमा घाइते भएकाहरुलाई सहज उपचार सुनिश्चित गर्न प्रत्येक अस्पतालमा फोकल व्यक्ति तोकिएको मन्त्रालयले जनाएको छ।
यी अस्पतालमा ‘जेनजी क्लिनिक’
काठमाडौं उपत्यकाः वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, निजामती (सिभिल) अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज।
कोशी प्रदेशः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर।
मधेश प्रदेशः नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्र नारायण सिंह अस्पताल सप्तरी।
बागमती प्रदेशः भरतपुर अस्पताल चितवन।
गण्डकी प्रदेशः पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान।
लुम्बिनी प्रदेशः भेरी अस्पताल नेपालगञ्ज, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही।
कर्णाली प्रदेशः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला।
सुदूरपश्चिम प्रदेशः डडेलधुरा अस्पताल र गेटा अस्पताल धनगढी।
गृहमन्त्री अर्यालले परिचयपत्र वितरणसँगै घाइतेहरुको निरन्तर उपचारमा सरकारले पूर्ण जिम्मेवारी लिने आश्वासन दिएका छन्।
हेर्नुहोस् डेडिकेटेड जेनजी क्लिनिक स्थापना गरिएका अस्पताल र सम्पर्क नम्बर–


-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
