logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

बीपी राजमार्ग राति असोज २० गतेसम्म बन्द

बीपी राजमार्ग राति असोज २० गतेसम्म बन्द


  • शुक्रबार, असोज १७ २०८२
  • 910
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    अत्यधिक वर्षा र बाढी–पहिरोको उच्च जोखिमका कारण बीपी राजमार्गमा रातिको समयमा सवारी आवागमन असोज २० गतेसम्म पूर्ण रूपमा रोक लगाइएको छ।

    काभ्रेपलाञ्चोक जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले असोज १६ गतेदेखि असोज २० गतेसम्म प्रत्येक दिन साँझ ५ बजेबाट बिहान ५ बजेसम्म आपतकालीन बाहेक सबै सवारी साधन चलाउन प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

    समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार सो आदेश धुलिखेलस्थित काभ्रेबञ्ज्याङदेखि सिन्धुली सिमानाको नजिक नेपलथोकसम्म लागू हुनेछ।

    यसअघि पनि मनसुनजन्य जोखिमका कारण १५ दिनसम्म रातिको समयमा राजमार्ग बन्द गरिएको थियो।

    समितिले सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै बीपी राजमार्गमा सम्भावित बाढी–पहिरोले ठूला दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिएको छ। काठमाडौंतर्फ जाने सवारी साधनलाई काभ्रेबञ्ज्याङमै रोक्ने व्यवस्था गरिएको छ भने सिन्धुलीतर्फबाट काठमाडौं आउँदै गरेका सवारी साधनलाई नेपलथोकमै रोक्नुपर्नेछ।

    गत वर्षको सेप्टेम्बर महिनामा परेको बाढी–पहिरोका कारण काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको बर्सेखोला खण्डसम्मको करिब ८ किलोमिटर सडक बगाएको थियो। हाल अस्थायी ट्र्याकमार्फत आंशिक रूपमा दुईतर्फी सवारी सञ्चालन भइरहेको छ।

    उक्त विपद्ले बीपी राजमार्गको करिब १६० किलोमिटरमध्ये ८४ किलोमिटर खण्डलाई गम्भीर रूपमा क्षति पुर्‍याएको थियो। विशेषतः सिन्धुलीको ३४ किलोमिटर लामो खुर्कोट–नेपलथोक खण्ड र काभ्रेपलाञ्चोकको ५० किलोमिटर लामो नेपलथोक–धुलिखेल खण्डमा ठूलो क्षति भएको थियो।

    प्रकाशित : शुक्रबार, १७ असोज २०८२ , ०८:२८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend