१८ असोज, पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–३ मा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
शनिबार बिहान करिब ३०० मिटर सडकबाट जीप खसेको थियो। कोशी प्रदेश प्रहरी प्रमुख उपरीक्षक ईश्वर कार्कीका अनुसार दुर्घटनामा तीन पुरुष र तीन महिलाको मृत्यु भएको हो। मृतकहरूको परिचय खुल्न बाँकी रहेको र शवहरूलाई पोस्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घाइते ६ जनालाई उद्धार गरी उपचारका लागि लगिएको छ। एकजनाको उपचार फिदिम अस्पतालमा भइरहेको छ भने अन्यलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।
जीप ताप्लेजुङको सावाबाट धरानतर्फ जाँदै गर्दा कटिके भीर नजिक सडकबाट खसेको प्रहरीले जनाएको छ। सवारीसाधनमा १२ जना सवार रहेका थिए, तर सुरुमा ११ जनामात्र फेला परेका थिए। पछि अर्को शव फेला परेको हो।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र दुर्घटनाको समयमा वर्षा नभएको प्रहरीले जनाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
