logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

शीतलनिवासमा जेनजी प्रतिनिधिबीचको विवादपछि छलफल स्थगित, सोमबार ३ बजे पुनः तय

शीतलनिवासमा जेनजी प्रतिनिधिबीचको विवादपछि छलफल स्थगित, सोमबार ३ बजे पुनः तय


  • शनिबार, असोज २५ २०८२
  • 715
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्ने प्रतिनिधि चयनमा विवाद उत्पन्न भएपछि शनिबार शीतलनिवास बाहिर जेनजी (Gen Z) अभियान्ताहरूले नाराबाजी गरेका छन्।

    शीतलनिवास परिसरमा नाराबाजी सुरु भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। राष्ट्रपति पौडेलले जेनजी अभियानसँग छलफलका लागि बोलाएपछि अभियान्ताहरू दुई समूहमा विभाजित भएका थिए। सुधन गुरुङसहितका केही अभियान्ता शीतलनिवासभित्र प्रवेश गरेपछि बाहिर रहेका अभियान्ताहरू असन्तुष्टि व्यक्त गर्दै प्रदर्शनमा उत्रिएका हुन्।

    विवादका कारण आज (शनिबार) हुने भनिएको छलफल स्थगित भएको राष्ट्रपति सचिवालयले जनाएको छ। सचिवालयका अनुसार अब उक्त छलफल सोमबार दिउँसो ३ बजे शीतलनिवासमा हुने भएको छ।

    स्रोतका अनुसार छलफलमा हालको राजनीतिक अवस्था, युवा पुस्ताको सरोकार र राष्ट्रपतिले अघि सार्न सक्ने सम्भावित पहलका विषयमा संवाद गर्ने तयारी गरिएको थियो। तर, प्रतिनिधि चयनमा सहमति नजुटेकाले बैठक स्थगित गर्नुपरेको हो।

    प्रकाशित : शनिबार, २५ असोज २०८२ , १२:३६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend