लोकसारथि संवाददाता, वीरेन्द्रनगर।
८ मंसिर, सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार जंगलमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन्। सोमबार बिहान करिब ११:३० बजे घाँस काट्न गएका स्थानीयले रुखमा झुन्डिएको अवस्थामा उनीहरूलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढाथोकीका अनुसार घटनास्थलमा भेटिएका युवक करिब २१ वर्षका र युवती करिब २० वर्षकी देखिन्छन्। उनीहरूको नाम, थर र ठेगाना भने अहिलेसम्म खुल्न सकेको छैन।
घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी बिट लाटिकोइलीबाट प्रहरी टोली तत्काल घटनास्थल पुगिएको थियो। त्यसपछि थप अनुसन्धानका लागि प्रहरी निरीक्षक राजन भट्टराईको नेतृत्वमा पाँच जनाको अतिरिक्त टोली समेत खटाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलको मुचुल्का उठाउने तथा अन्य आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। मृत्युको कारणबारे प्रारम्भिक रूपमा केही भन्न नसकिएको र विस्तृत अनुसन्धानपछि मात्र यथार्थ खुल्ने प्रहरीले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
