logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

अष्ट्रेलियाको बोंडी बीचमा भएको आतङ्कवादी आक्रमण : भारतीय पासपोर्ट, फिलीपीन्स यात्रा र ISIS सम्बन्धको आशंका

अष्ट्रेलियाको बोंडी बीचमा भएको आतङ्कवादी आक्रमण : भारतीय पासपोर्ट, फिलीपीन्स यात्रा र ISIS सम्बन्धको आशंका


  • मंगलबार, पुष १ २०८२
  • 1.1K
    SHARES

    Agency: अष्ट्रेलियाको सिड्नीस्थित बोंडी बीचमा यहूदी समुदायलाई लक्षित गरी भएको आतङ्कवादी आक्रमण अहिले नयाँ अनुसन्धानको केन्द्रमा परेको छ। फिलीपीन्स सरकारले सार्वजनिक गरेको जानकारीअनुसार यस आक्रमणका आरोपी पिता–छोरा नविद अकरम (२४) र साजिद अकरम (५०) ले आक्रमण हुनुभन्दा केही हप्ता अघि भारतीय पासपोर्ट प्रयोग गरी फिलीपीन्स यात्रा गरेका थिए। यस खुलासापछि अष्ट्रेलियाली अनुसन्धान निकायहरूको चिन्ता झनै बढेको छ।

    अष्ट्रेलियाली सञ्चारमाध्यमका अनुसार फिलीपीन्स यात्राका क्रममा नविद र साजिदले कस–कसलाई भेटे, कहाँ बसे, र के–कस्ता गतिविधि गरे भन्ने विषय अहिले अनुसन्धानको मुख्य केन्द्रमा छ। उनीहरूको यात्राको उद्देश्य सामान्य पर्यटन थियो वा कुनै शंकास्पद नेटवर्कसँग जोडिएको थियो भन्ने विषयमा पनि गहिरो छानबिन भइरहेको छ।

    कारबाट ISIS सम्बन्धित झण्डा र विस्फोटक सामग्री बरामद

    बोंडी बीच आक्रमणपछि आरोपीहरूको कारबाट ISIS सँग सम्बन्धित झण्डा र केही विस्फोटक सामग्री बरामद गरिएको छ। यसले घटनालाई झनै गम्भीर बनाएको छ। अनुसन्धान निकायहरूले यो आक्रमण ISIS वा त्यसको एसियाली शाखा (ISEA) सँग सम्बन्धित हो कि होइन भन्ने विषयमा खोजी गरिरहेका छन्। यद्यपि, अष्ट्रेलियाली अधिकारीहरूले अहिलेसम्म कुनै आतङ्कवादी संगठनसँग प्रत्यक्ष सम्बन्ध पुष्टि गरेका छैनन्।

    फिलीपीन्समा अबु सय्याफजस्ता आतङ्कवादी समूह र ISIS प्रेरित संगठनहरू पहिलेदेखि नै सक्रिय मानिँदै आएका छन्। यसै कारण नविद र साजिदको फिलीपीन्स यात्रा आतङ्कवादसँग जोडिएको महत्वपूर्ण कडी हुनसक्ने अनुमान गरिएको छ, यद्यपि अहिले नै ठोस निष्कर्ष निकाल्नु हतारो हुने बताइएको छ।

    अष्ट्रेलियाका प्रधानमन्त्रीले ‘साँचो नायक’लाई भेटे

    यसैबीच, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानीजले अस्पताल पुगेर अहमद अल अहमदसँग भेट गरेका छन् र उनलाई “अष्ट्रेलियाको साँचो नायक” को संज्ञा दिएका छन्। अहमदले आक्रमणका क्रममा आतंकवादीबाट राइफल खोसेर धेरै मानिसको ज्यान बचाएका थिए, यद्यपि उनी स्वयं गम्भीर घाइते भएका थिए।

    अन्तर्राष्ट्रिय स्तरमा अनुसन्धान तीव्र

    रिपोर्टअनुसार अष्ट्रेलियाली अनुसन्धान निकायहरूले आरोपीहरूको डिजिटल डेटा, बैंक कारोबार, मोबाइल विवरण र अन्तर्राष्ट्रिय सम्पर्कहरूको गहिरो अनुसन्धान गरिरहेका छन्। यस मामिलामा अन्तर्राष्ट्रिय गुप्तचर निकायहरूसँग पनि सहकार्य भइरहेको छ। सिड्नीमा करिब ८६ हजार फिलीपीन्स नागरिक बसोबास गर्ने भएकाले यो घटना केवल अष्ट्रेलियाका लागि मात्र नभई सम्पूर्ण क्षेत्रीय सुरक्षाको दृष्टिले समेत अत्यन्त महत्वपूर्ण मानिएको छ।

    प्रकाशित : मंगलबार, १ पुष २०८२ , ०१:३८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend