logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना


  • सोमबार, पुष २२ २०८१
  • 858
    SHARES

    लोकसारथि, २२ पुस, सोमबार । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि साधारणतया बदली रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु पनि लागेको छ।

    सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

    सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा दिउँसो हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    सोमबार राति गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

    सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा राति पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा राति पनि हल्का हिमपात हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ।

    बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    प्रकाशित : सोमबार, २२ पुष २०८१ , ०१:०२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend