logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

भूकम्पले त्रिविको परीक्षा प्रभावित, ढिला भएको समय थप गरिने

भूकम्पले त्रिविको परीक्षा प्रभावित, ढिला भएको समय थप गरिने


  • मंगलबार, पुष २३ २०८१
  • 637
    SHARES

    काठमाडौँ — मंगलबार बिहान तिब्बतको दिंग्री काउन्टी  केन्द्रबिन्दु भएर गएको भूकम्पले त्रिभुवन विश्वविद्यालयको परीक्षासमेत केहीबेर प्रभावित बनेको छ । मंगलबार बिहान ७ बजेदेखि १० बजेसम्म बीबीएस पहिलो वर्षको एकाउन्ट विषयको परीक्षा चलिरहेको छ ।

    परीक्षा सुरु नहुँदै नेपाली समयअनुसार ६ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का महुसस भएपछि परीक्षार्थीहरू परीक्षाहलबाट बाहिर निस्किएका थिए । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार विद्यार्थीहरूले परीक्षा केन्द्रमा गएर आफ्नो सिट प्लानिङ हेर्ने क्रममै भूकम्प आएपछि धेरै जना बाहिर निस्किएका थिए ।

    त्यसकारणले काठमाडौं र तराईका धेरै जिल्लामा परीक्षा तोकिएको समयभन्दा ७ देखि १५ मिनेट ढिला भएको जानकारी आएको परीक्षा नियन्त्रक जोशीले जनाए । ढिला सुरु भएका केन्द्रमा सोहीअनुसार समय थप गरिने पनि जोशीले बताए ।

    त्यस्तै त्रिविका रजिस्ट्रार केदार रिजालले परीक्षा ढिला सुरु भएका केन्द्रलाई नै समय थपबारे निर्णय गर्नेगरी अधिकार दिन परीक्षा नियन्त्रक जोशीलाई निर्देशन दिएको बताए ।

    प्रकाशित : मंगलबार, २३ पुष २०८१ , ०३:५८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend