logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

नेपालबाट हङकङ उडेको विमानमा खाना खाएका ३६ यात्रु बिरामी

नेपालबाट हङकङ उडेको विमानमा खाना खाएका ३६ यात्रु बिरामी


  • शनिबार, पुष २७ २०८१
  • 819
    SHARES

    लोकसारथि, २७ पुस, रुपन्देही । नेपालदेखि हङकङका लागि उडेको विमानमा खाना खाएका ३६ जना यात्रु बिरामी परेका छन् । हङकङको ध्वजावाहक क्याथे प्यासिफिकको विमानका यात्रु बिरामी भएपछि अनुसन्धान थालिएको छ ।

    धेरैमा फुड पोइजनको समस्या देखिएपछि हङकङस्थित स्वास्थ्य अधिकारीहरूले उक्त विमानमा उपल्बध गराइएको खानाको अनुसन्धान थालेका हुन् ।

    सेन्टर फर हेल्थ प्रोटेक्सनले शुक्रबार काठमाडौंबाट हङकङ पुगेका ३६ जना यात्रुमा फुड पोइजनिङको समस्या देखिएको बताएको छ । त्यसको विष्तृत अनुसन्धान थालिएको स्वास्थ्य अधकारीहरुले जनाएका छन् ।

    एयरलाइन्सले पनि शुक्रबार साँझ माफी माग्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ ।

    प्रकाशित : शनिबार, २७ पुष २०८१ , १२:०८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend