logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

अमेरिकामा आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो

अमेरिकामा आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो


  • सोमबार, पुष २९ २०८१
  • 520
    SHARES

    लोकसारथि, २९ पुस । अमेरिकामा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ। आगलागीमा परेर अमेरिकाको लस एन्जलस र क्यार्लिफोनियामा २४ को मृत्यु भएको हो।

    क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोका कारण कूल २४ जनाको मृत्यु भएको काउन्टी अफ लस एन्जलस डिपार्टमेन्ट अफ मेडिकल एग्जामिनरले जनाएको छ। हिजो १६ जनाको मृत्यु भएको जनाएको लस एन्जलस प्रशासनले आज थप ८ जनाको मृत्यु भएको जनाएको हो।

    क्यालिफोर्नियाका मौसमविद्हरूले आगामी दिनमा तीव्र गतिमा हावा चल्ने चेतावनी दिएका छन्। जसका कारण आगलागी अझ भीषण हुने आशंका गरिएको छ। आगोले बस्तीसहित ३८ हजार एकडभन्दा बढी जमिन जलेर खरानी भइसकेको छ।

    हालसम्म सयौँ घर र गाडीहरू जलेका छन्। एटीएम काउन्टरहरू भग्नावशेषमा परिणत भएका छन्। हावाहुरीले रुखहरू ढलेका छन्।

    प्रकाशित : सोमबार, २९ पुष २०८१ , ०६:२७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend