logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?


  • आइतबार, माघ ६ २०८१
  • 1.6K
    SHARES

    लोकसारथि, ६ माघ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराई केही भू-भागमा हुस्सु लागेको छ ।

    आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहने छ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई सेवामा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 
     

    प्रकाशित : आइतबार, ६ माघ २०८१ , ०२:४६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend