logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

आइसिसी यू–१९ महिला विश्व कपमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्‍याे

आइसिसी यू–१९ महिला विश्व कपमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्‍याे


  • शुक्रबार, माघ ११ २०८१
  • 624
    SHARES

    लोकसारथि, ११ माघ । आइसिसी यू–१९ महिला विश्व कपमा नेपालले आफ्नो अन्तिम खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै पहिलो जित हासिल गरेको छ।

    शुक्रबार भएको खेलमा मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमै ३ विकेट गुमाएर पूरा गर्‍याे। नेपालको जितमा कप्तान पूजा महतोले उत्कृष्ट प्रदर्शन गर्दै अविजित २३ रन जोडेकी थिइन्।

    त्यस्तै, मलेसियाका लागि मार्साले ३ विकेट लिए पनि उनी आफ्नो टोलीलाई जिताउन असफल रहिन्।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा अलआउट हुँदै मात्र ४५ रन बनाएको थियो। मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन बनाइन् भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै मलेसियालाई सस्तो स्कोरमा सीमित राखे। कप्तान पूजा महतोले ४ विकेट लिइन् भने रचना चौधरीले ३ र रिया शर्मा तथा सिमाना केसीले समान १ विकेट लिए।

    नेपाल र मलेसिया आफ्नो समूहको सबै खेलमा पराजित भए पनि नेपालले डेब्यू विश्व कपलाई जितका साथ समाप्त गरेको छ। कप्तान पूजाको नेतृत्वमा टिमले प्रेरणादायी प्रदर्शन गर्दै यो ऐतिहासिक सफलता हात पारेको हो।

    प्रकाशित : शुक्रबार, ११ माघ २०८१ , १२:५२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend