logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

नेपालका भूपेन्द्रले अमेरिकामा २ स्वर्ण पदक जिते

नेपालका भूपेन्द्रले अमेरिकामा २ स्वर्ण पदक जिते


  • सोमबार, माघ २१ २०८१
  • 546
    SHARES

    लोकसारथि, माघ २१ । नेपालका भूपेन्द्र गुरुङले ब्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा २ स्वर्ण जितेका छन् । अमेरिकाको एट्लान्टिक सिटीस्थित ट्रोपिकानो होटलमा भएको प्रतियोगितामा भूपेन्द्रले २ फरक स्पर्धामा २ स्वर्ण जितेका हुन्।

    उनले कुङफु फम्सको छान् छवान् र म्युजिकल फम्सको ताइचीमा स्वर्ण जिते। प्रतियोगितामा नेपाल, क्यानडा, मेक्सिको, इजरायल, रोमानिया, बहमास, बंगलादेश, भारत, क्युबासहित अमेरिकाका विभिन्न २० मार्सल आर्ट्स स्कुलका करिब ३ सय खेलाडीले प्रतिस्पर्धा गरेको बताइएको छ। भूपेन्द्रको टिम व्यवस्थापकमामा मनित गुरुङ रहेका छन्।

    गत नोभेम्बर यता अमेरिकामा भूपेन्द्रले खेलेको यो तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। यसअघि भूपेन्द्रले १५ औँ गोल्डेन ड्रागन च्याम्पियनसिपको २ स्पर्धामा २ रजत जितेका थिए। छैटौँ एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा समान १–१ स्वर्ण र रजत गरी २ पदक जितेका थिए।

    त्यसअघि उनले विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ स्वर्ण पदक जितेका छन्। उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौँ विश्व कुङफु च्याम्पियनसिप र सन् २०२२ मा युकेमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए। भूपेन्द्र नेपाल उमा कुङफु संघका उपाध्यक्ष पनि हुन्।

    प्रकाशित : सोमबार, २१ माघ २०८१ , ११:०० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend