Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

म्याड्रिड डर्बीमा एटलेटिको जीत

म्याड्रिड डर्बीमा एटलेटिको जीत


  • सोमबार, असोज ८ २०८०
  • 871
    SHARES

    एजेन्सी – स्पेनिश लालिगा अन्तर्गत प्रतिष्ठित म्याड्रिड डर्बीमा एटलेटिको म्याड्रिडले जित हासिल गरेको छ । एटलेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एटलेटिको मड्रिडले आफ्नै सहरको प्रतिद्वन्द्वी रियल मड्रिडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । एटलेटिकोको जितमा अल्भारो मोराटाले दुई तथा एन्टोवान ग्रिजम्यानले एक गोल गरेका थिए।

    रियलका लागि टोनी क्रुसले एक गोल गरे। एटलेटिकोले खेलको चौथो मिनेटमा नै अल्भारो मोराटाको गोलमा अग्रता लिएको थियो। सामुयल लिनोको राम्रो क्रसमा मोरटाले गोल गर्दै खेलमा आफ्नो टिमलाई अग्रता दिलाएका थिए।

    एन्टोवान ग्रिजम्यानले १८ औं मिनेटमा एटलेटिकोको अग्रता दोब्बर बनाए । लिनो फेरि पनि गोलमा संलग्न भएका थिए। उनले दिएको पासमा साउलले ग्रिजम्यानका लागि गोल सिर्जना गर्न पुगेका थिए । बक्समा खाली रहेका ग्रिजम्यानले सहज फिनिस गर्दै खेलमा एटलेटिकोको अग्रता दोब्बर बनाएका थिए।

    ३५औं मिनेटमा रियलका टोनी क्रुसले सुन्दर गोल गर्दै अग्रता एक गोलमा घटाएका थिए । त्यसपछि रियलले खेलमा लय लिएको थियो। तर एटलेटिकोले हाफ टाइमसम्म २-१ कै अग्रता बनाइरह्यो ।

    दोस्रो हाफको सुरुवाती मिनेटमा नै मोराटाले खेलको व्यक्तिगत दोस्रो गोल गर्दै पुनः दुई गोलको अग्रता पुनर्स्थापना गरे । तेस्रो गोल खाएपछि रियलले खेलमा धेरै अवसर हरु सृजना गर्दै एटलेटिकोको डिफेन्स लाइनका लागि तनाव सिर्जना गरिरहेको थियो । तर एटलेटिकोले सबै अवसरहरू विफल पार्यो र जित हासिल गर्यो ।

    जीत पछि एटलेटिको पाँच खेलमा १० अंक सहित पाँचौं स्थानमा उक्लिएको छ । पराजित रियल भने १५ अंक सहित तेस्रो स्थानमा छ ।

    रियलले खेलमा जीत हासिल गरेको भए पहिलो स्थान कायम गर्ने थियो । तर रियलले हार व्यहोरेपछि चिर प्रतिद्वन्द्वी बार्सिलोना छैठौं खेल चरणको समाप्तिमा पहिलो स्थानमा रहने भएको छ । बार्सिलोनाको समान खेलमा १६ अंक रहेको छ । दोस्रो स्थानमा रहेको जिरोनाको पनि १६ अंक नै रहेको छ ।

    प्रकाशित : सोमबार, ८ असोज २०८० , ०६:३२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend