
एजेन्सी –श्रीलंकाका शीर्षक्रमका ब्याटर कुशल मेन्डिसले विश्वकप वार्मअप खेलमा अफगानिस्तानविरुद्ध सानदार शतक हानेका छन् । गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका ४६.२ ओभरमा २ सय ९४ रनमा अल आउट भयो ।
श्रीलंकाका कुशल मेन्डिसले ८७ बलमा १९ चौका र ९ छक्कासहित १ सय ५८ रनको सानदार शतकीय इनिङ खेले । उनी रिटायर्ड आउट भएका थिए । अन्य खेलाडीलाई मौका दिन आफैं पेभेलिएन फर्केका थिए ।
उनी बाहेक अन्य कुनैपनि ब्याटरको प्रदर्शन भने सम्झन लायक रहेन । पाथुम निसांका ३०, दिमुथ करुणारत्ने ८, सदिरा समाराविक्रमा ३९, चरिथ असलंका १२ र धनन्जय डि सिल्भा २२ रनमा आउट भए ।
अफगानिस्तानका मोहम्मद नाबीले ८ ओभरमा ४४ रन खर्चेर ४ विकेट लिए । फजलहक फारुकी, मुजिब उर रहमान, नविन उल हक, अब्दुल रहमान र राशिद खानले समान एक विकेट लिए ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
