Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

यू-१९ प्रिमियर कप : नेपालको खेल तालिका, लाइभ र समयको बारे जानकारी

यू-१९ प्रिमियर कप : नेपालको खेल तालिका, लाइभ र समयको बारे जानकारी


  • बुधबार, असोज २४ २०८०
  • 923
    SHARES

    काठमाडौं  – एसिसी यू१९ प्रिमियर कप बिहीबार देखी मलेसियामा सुरु हुँदैछ । यसअघि एसिसी इस्टर्न र वेस्टर्न रिजनको आधारमा हुने प्रतियोगिता यस वर्ष देखी प्रिमियर कप शैलीमा हुँदैछ ।

    प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसलाई चार समूहमा विभाजन गरिएको छ । शीर्ष तीन टोलीले आगमी डिसेम्बरमा पाकिस्तानमा हुने यू१९ एसिया कप खेल्न पाउनेछन् ।

    भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका भने एसिया कपमा सोझै छनोट भएका छन् । एसिया कप यू१९ विश्वकप अघिको तयारी हो । विश्वकप २०२४ जनवरीमा श्रीलंकामा हुनेछ । नेपालले पनि उक्त विश्वकप खेल्नेछ । विश्वकपमा नेपालको समूहमा पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तान छन् ।

    यू१९ प्रिमियर कपमा समूह :

    समूह ए – नेपाल, बहराइन, साउदी अरेविया र इरान ।

    समूह बी – युएई, ओमान, कतार र चीन ।

    समूह सी – सिंगापुर, कुवेत, थाईल्यान्ड र माल्दिभ्स ।

    समूह डी – हङकङ, मलेसिया जापान र इन्डोनएसिया ।

    खेल – खेल ५० ओभरको हुनेछ ।

    मैदान – मलेसिया तीन मैदानमा खेल हुनेछन् । बायोमास ओभल, वाईएसडी उकेएम ओभल र जेसीसी एकेडेमी ओभलमा हुनेछन् । खेल ५० ओभरको हुनेछ ।

    शीर्ष तीन टोली एसिया कप :

    हरेक समूहका शीर्ष टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरि तीन टोली एसिया कप खेल्नेछन् । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित हुने टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

    लाइभ – लाइभ एसिसीको युटुब च्यानल वा मलेसिया क्रिकेट बोर्डको सामाजिक सञ्जाल मध्य एकबाट हेर्न मिल्नेछ । नेपालले खेल्ने सबै खेल बिहान ७ : १५ मा सुरु हुनेछन् ।

    नेपालको खेल तालिका –

    असोज २५ गते (अक्टोबर १२ ) – नेपालविरुद्ध इरान, वाईएसडी ओभल

    असोज २८ गते (अक्टोबर १५) – नेपालविरुद्ध बहराइन, बायोमास ओभल

    कार्तिक २ गते (अक्टोबर १९) – नेपालविरुद्ध साउदी अरेविया, वाईएसडी ओभल

    सेमिफाइनल : कार्तिक ५ गते (अक्टोबर २२) ( पहिलो सेमिफाइनल समूह ए र डी को विजेता । दोस्रो सेमिफाइनल समूह बी र सी को विजेता ।

    फाइनल – कार्तिक ७ (अक्टोबर २४) सेमिफाइनल विजेता । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित हुने दुई टोली ।
    उपाधिका प्रमुख दाबेदार – नेपाल र युएई

    सेमिफाइनलका प्रमुख दाबेदार – नेपाल, युएई, हङकङ र कुवेत

    नेपालको टोली :

    आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक ड्रुमे, दीपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल(कप्तान), सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा ।

    वैकल्पिक खेलाडी : प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव ।

    प्रकाशित : बुधबार, २४ असोज २०८० , ०३:२४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend