Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

अर्जेन्टिनाले बनायो टि२० क्रिकेटमा ४ सय २७ रन

अर्जेन्टिनाले बनायो टि२० क्रिकेटमा ४ सय २७ रन


  • शनिबार, असोज २७ २०८०
  • 494
    SHARES

    एजेन्सी – अर्जेन्टिना महिला क्रिकेट टोली टि२० क्रिकेटमा ४ सय रन बनाउने पहिलो टोली बनेकोछ । महिला टि२० आई खेलमा अर्जेन्टिनाले चिलीलाई ३ सय ६४ रनले हराएको छ ।

    सेन्ट अल्बान्स क्लब, ब्यूनस आयर्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अजेन्टिनाले २० ओभरमा १ विकेट गुमाउँदै ४ सय २७ रन बनायो । यो महिला टि२० आईमा मात्रै नभएर कुनैपनि टि२० खेलमा बनेको सर्वाधिक धेरै हो ।

    टि२० आई पुरुष क्रिकेटमा केहि साताअघि नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३ सय १४ रन बनाएको थियो । त्यो नै टि२० आईको उच्च योगफल थियो । त्यसै खेलमा नेपाल २ सय ७३ रनले विजयी भएको थियो । त्यो नै सर्वाधिक ठूलो जित थियो । तर उक्त कीर्तिमान तोडिएको छ ।

    महिला टि२० आईमा भने यसअघि २०२२ मार्चमा बहराइनले साउदी अरेवियाविरुद्ध ३ सय १८ रन बनाएको थियो । युगान्डाले मालीविरुद्ध ३ सय १४ रन बनाएको थियो ।

    अजेन्टिनाकी लुलिसा टेलर ८४ बलमा २७ चौकासहित १ सय ६९ रनमा आउट भइन् । उनी महिला टि२० क्रिकेटमा एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेकी छिन् । उनले बहराइनकी दीपिकाको १ सय ६१ रनको कीर्तिमान तोडेकी हुन् ।

    अर्की ओपनर अल्बर्टिना गालन ८४ बलमा २३ चौकासहित १ सय ४५ रनमा नटआउट रहिन् । पहिलो विकेटका लागि गालन र टेलरले ३ सय ५० रनको तेहोरो शतकीय साझेदारी गरेका थिए । कुनैपनि विकेटका लागि टि२० क्रिकेटमा भएको उच्च साझेदारी समेत हो ।

    जितको लागि ४ सय २८ रनको विशाल विजयी लक्ष्य पछ्याएको चिली १५ ओभरमा ६३ रनमा अल आउट भयो । चिलीकी जेसिका मिरान्डाले २९ बलमा ४ चौकासहित सर्वाधिक २७ रन बनाइन् । चिलीका ७ खेलाडी शून्यमा आउट भएका थिए । सिरिजको दोस्रो खेल आज र तेस्रो खेल भोली हुनेछन् ।

    प्रकाशित : शनिबार, २७ असोज २०८० , १२:०१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend