Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

बास्केटवलमा फिस्टेल एकेडेमीलाई दोहोरो उपाधि

बास्केटवलमा फिस्टेल एकेडेमीलाई दोहोरो उपाधि


  • मंगलबार, पुष ३ २०८०
  • 546
    SHARES

    पोखरा । १८ औं जेपी क्रस विद्यालयस्तरीय छात्र/छात्रा बास्केटवलको उपाधि फिस्टेल एकेडेमीले जितेको छ । कास्की जिल्ला बास्केटवल संघको आयोजनामा पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा फिस्टेलको छात्र/छात्रा टिमले विजयी हुँदै उपाधि जितेको हो ।

    सोमबार भएको फाइनलमा छात्रतर्फ फिस्टेलले गण्डकी बोर्डिङलाई ५१-३१ ले तथा छात्रातर्फ बालकल्याणलाई २०-१७ को स्कोरले पराजित गरी उपाधि जितेको छ ।

    उपाधिसंँगै फिस्टेल एकेडेमीले छात्र/छात्रा दुवैतर्फ नगद रु २०/२० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता छात्रतर्फ गण्डकी बोर्डिङ र छात्रातर्फको उपविजेता बाल कल्याणले समान नगद रु १५/१५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।

    प्रतियोगितामा छात्रतर्फ मष्ट भेलुयबल प्लेयरमा फिसटेलका अस्विन चालिसे र छात्रातर्फ फिस्टेलकी आइको लक्ष्मी घोषित हुँदै ट्रफी, प्रमाणपत्रका साथमा समान नगद रु १०/१० प्राप्त गर्न सफल रहे ।

    यस्तै प्रतियोगितामा छात्रतर्फ गण्डकी बोर्डिङका मनिष भट्टराई र छात्रातर्फ बाल कल्याणकी रोहिनी गुरुङ हाइएष्ट स्कोरर् घोषित भए । उनीहरु दुवैले नगदका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

    यस अघि आजनै भएको सेमीफाइनलमा छात्रतर्फ गण्डकी बोर्डिङ स्कूलले स्पाइरल ग्यालेक्सीलाई ५१-४८ ले फिस्टेलले अल्फालाई ४३-२० ले तथा छात्रातर्फ बालकल्याणले प्रगतीलाई २७-१० ले र फिसटेलले न्यू ग्यालेक्सीलाई २४-४ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

    विजेता विद्यालय तथा टिमलाई गण्डकी प्रदेशका सांसद प्रकाश बराल, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वज कुमार गुरुङ, नेपाल बास्केटवल संघका उपाध्यक्ष जुमप्रसाद गुरुङ, कास्की बास्केटवलका सल्लाहकार सुनिल गुरुङ, सञ्जय अधिकारीलगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    सांसद बरालले स्थापनाको कठिन परिस्थितिमा समेत अविचलित रही कास्की बास्केटवल संघले बास्केटवल खेल विकास तथा खेलाडी उत्पादनका लागि गरेको कार्य प्रशंसनिय रहेको बताए ।

    प्रतियोगितामा विभिन्न विद्यालयका छात्रतर्फ १९ र छात्रातर्फ ९ गरि कूल २८ टिमले प्रतिस्पर्धा गरेका थिए ।

    प्रतियोगिता वरिष्ठ समाजसेवी एवं वृटिश सेनाका पूर्व कर्णेल जेपी क्रसको मुख्य प्रायोजनमा सञ्चालन हुँदै आएको छ ।

    कास्की बास्केटवल संघका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष विग्नेश थापाले समेत आफ्ना भनाई राखेका थिए ।

    प्रतियोगिता सफल बनाउन सहयोग गर्ने विभिन्न संघ-संस्था तथा व्यक्तिहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

    प्रकाशित : मंगलबार, ३ पुष २०८० , ०७:५६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend