Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

आर्सनलले प्रिमियर लिगमा पुनः शीर्ष स्थानमा फर्कने मौका गुमायो

आर्सनलले प्रिमियर लिगमा पुनः शीर्ष स्थानमा फर्कने मौका गुमायो


  • शुक्रबार, पुष १३ २०८०
  • 1.2K
    SHARES

    एजेन्सी – आर्सनलले प्रिमियर लिगमा पुनः शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ ।

    आर्सनल घरेलु मैदानमै बिहीबार वेष्टहम युनाइटेडसँग २-० ले पराजित भएसँगै पहिलो स्थानमा पुग्ने अवसर बाट चुकेको हो। वेष्टहमले प्रिमियर लिगमा आर्सनलमाथि लगातार तेस्रो पटक जित निकालेको हो । टोलीलाई जित दिलाउन लागि थोमस साउसेक र मोन्स्टानटिनोस माभरोपोनोसले गोल गरे ।

    साउसेकले १३औं मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाए थिए। माभरोपोनोसले दोस्रो हाफ सुरु भएको ५ मिनेटमा गोल थपेपछि आर्सनल दबाबमा परेको थियो। १९ खेलमा ४० अंकसहित आर्सनल दोस्रो स्थानमा कायम छ । शीर्ष स्थानको लिभरपुलको आर्सनलको‌ भन्दा २ अंकले बढि छ ।

    जितपछि ३३ अंक पुगेको वेष्टहम म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै अंक तालिकाको छैटौं स्थानमा उक्लेको छ । अर्को खेलमा टोटनहम पनि पराजित भएको छ । ब्राइटनले टोटनहमलाई ४-२ ले हरायो ।

    जितपछि ब्राइटन १९ खेलबाट ३० अंक जोडेर आठौं स्थानमा उक्लेको छ । त्यति नै खेलबाट ३६ अंकका टोटनहम पाँचौ स्थानमा कायम छ।

    प्रकाशित : शुक्रबार, १३ पुष २०८० , ०९:५६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend