एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटी र चेल्सीले आ–आफ्ना खेलमा जीतदर्ता गरेका छन् । सिटीले सेफिल्ड युनाइटेडलाई २–० ले हरायो । चेल्सीले लुटन टाउन विरुद्ध ३–२ ले जीत निकालेको हो।
सिटीको जीतमा रोड्री र जुलियन अल्भारेजले समान एक गोल गरेका हुन्। खेलको १४औ मिनेटमा फिल फोडेनको पासमा रोड्रीले गोल गर्दै खेलना सिटीलाई अग्रता दिलाएका थिए। खेलको दोस्रो गोल भने ६१औ मिनेटमा अल्भारेजले गरेका हुन्। उनको गोलमा पनि फोडेनकै पासमा थियो।
जित पछि सिटी तेस्रो स्थानमा उक्लिएको छ। सिटीको १९ खेलमा ४० अंक भएको छ। पराजित सेफिल्ड भने २० खेलमा ९ अंक सहित पुछारमा छ।
अर्को खेलमा चेल्सीले ३-० को अग्रता बनाएको अवस्थाबाट २ गोल खान पुगेको थियो।

१२ औं मिनेटमा ज्याकसनको प्रहार लुटनका गोलकिपर कमिन्सकीले बचाएपछि लुटनले बल सिधै कोल पाल्मरको खुट्टामा दिएपछि उनले गोल गर्दै खेलमा चेल्सीलाई अग्रता दिलाएका थिए। ३७ औं पाल्मरको पास लिएर नोनी मडुएकेले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए।
७०औ मिनेटमा पाल्मरले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३-० को अग्रता दिलाएका थिए। तर त्यसपछि चेल्सीले खेलमा केहि लय गुमाउन पुग्यो।
८०औ मिनेटमा रस बार्कल़ी र ८७औ इलाइजाह अडेबायोले गोल गर्दै लुटनलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर चेल्सीले अग्रता जोगाउन सफल रह्यो ।
जित पछि २० खेलमा २८ अंक बनाएको चेल्सी १०औ स्थानमा छ। लुटन भने १९ खेलमा १५ अंक सहित १८औ स्थानमा छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
