Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

पिएमकपको विजेताले पाँच लाख, सर्वोत्कृष्टलाई स्कुटर

पिएमकपको विजेताले पाँच लाख, सर्वोत्कृष्टलाई स्कुटर


  • बुधबार, पुष १८ २०८०
  • 689
    SHARES

    काठमाडौं  –प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता २०८० को विजेताले पाँच लाख पाउने भएको छ । पिएमकपको फाइनलमा आज कोशी प्रदेश र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

    विजेताले ५ लाख र उप–विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै ब्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडील यमाहको रेजेआर १ सय २५ सिसी स्कुटर प्राप्त गर्नेछिन् । उत्कृष्ट ब्याटर र बलरले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीले ५० हजार बराबरको क्रिकेट सामाग्री पाउनेछिन् ।

    प्रतियोगिता पुष ५ देखी टियु र मुलपानीमा सुरु भएको थियो । ७ प्रदेश र एपीएफबीच राउन्ड रोविनमा आयोजना भएको थियो । राउन्ड रोविनमा पहिलो पटक पिएमकप हुँदा एपिएफ अपराजित हुँदै कोशीलाई पहिलो क्वालिफायरमा ५२ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

    दोस्रो स्थानमा रहेको कोशी पहिलो क्वालिफायरमा पराजित भएपनि दोस्रो क्वालिफायरमा सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । एलिमिनेटरमा भने सुदूरले बागमतीलाई हराएको थियो । सुदूर तेस्रो र बागमती अन्तिम चारमा रहेर एलिमिनेटर खेलेका थिए ।

    प्रकाशित : बुधबार, १८ पुष २०८० , १०:३० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend