Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

आईसीसी यू-१९ क्रिकेट विश्वकप आजबाट, कस्तो खेल्ला नेपालले ?

आईसीसी यू-१९ क्रिकेट विश्वकप आजबाट, कस्तो खेल्ला नेपालले ?


  • शुक्रबार, माघ ५ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं – आईसीसी यू–१९ क्रिकेट विश्वकप आजबाट सुरु हुँदै छ । दक्षिण अफ्रिकामा हुन लागेको १५औँ संस्करणको यो विश्वकपमा नेपालसहित विश्वका उत्कृष्ट १६ युवा टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् ।

    विश्वकपको पहिलो दिन दुई खेल हुनेछन् । आज आयरल्यान्डले अमेरिकासँग र घरेलु टोली साउथ अफ्रिकाले वेस्ट इन्डिजसँग खेल्दै विश्वकपको सुरु गर्नेछन् ।

    सन् १९८८ मा सुरु भएको यू–१९ क्रिकेट विश्वकपमा नेपालको यो आठौँ सहभागिता हो । सन् १९९६ पछि मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको नेपाली क्रिकेटको युवा टोलीले सन् २००० मा पहिलो पटक विश्वकप खेलेको थियो ।

    त्यसयता सन् २००२, सन् २००४, सन् २००६, सन् २००८ र सन् २०१२ को विश्वकपमा छनोट भएको नेपाल अर्को पटक विश्वकपमा पुग्न सन् २०१६ लाई पर्खनुपरेको थियो । हाल नेपाली राष्ट्रिय क्रिकेट टिमका अधिकांश खेलाडीले खेलेको सो विश्वकपमा नेपालले आठौँ स्थान हात पारेको थियो । यो नेपालको युवा विश्वकपमा उत्कृष्ट प्रदर्शन थियो ।

    त्यसयता नेपालको युवा टोलीले विश्वकप खेल्न पाएको थिएन । सन् २०१६ पछि पहिलो पटक यू–१९ विश्वकप खेल्न लागेको नेपालले समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले विश्वकपमा माघ ७ गते न्युजिल्यान्ड, माघ १० गते पाकिस्तान र माघ १२ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

    हेर्नुहोस नेपालको खेल तालिका
    २१ जनवरीः न्युजिल्यान्डविरुद्ध

    २४ जनवरीः पाकिस्तानविरुद्ध

    २६ जनवरीः अफगानिस्तानविरुद्ध

    यस्तो छ नेपालको टिम

    देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहरा, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द।

    विश्वकप अघिको वार्मअप खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । अनौपचारिक वामअर्पमा स्कटल्यान्ड र नामिबियालाई हराएको नेपालले औपचारिक वामअर्वमा पनि स्कटल्यान्डलाई हराएको थियो । वेस्ट इन्डिजसँगको खेल भने वर्षाका कारण प्रभावित भएको थियो ।

    विश्वकप अघि आईसीसीसँग कुरा गर्दै नेपाली टिमका कप्तान देव खनालले भने नेपाली फ्यानलाई जितेर खुसी दिन चाहेको बताएका थिए । उनले नेपालमा क्रिकेटको ठूलो फ्यान फ्लोअर्स रहेको भन्दै आफूहरू जित्नका लागि खेल्ने बताएका थिए ।

    आईसीसी यू–१९ विश्वकपमा सर्वाधिक उपाधि जित्ने टिम भने भारत हो । उसले ५ पटक उपाधि जितेको छ । अष्ट्रेलियाले ३, पाकिस्तानले २, बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले समान १ पटक उपाधि जितेका छन् ।

    प्रकाशित : शुक्रबार, ५ माघ २०८० , ०७:४९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend