
काठमाडौं– शीर्षक्रमका ब्याटरले राम्रो प्रदर्शन गर्दा मधेश प्रदेशले पिएम कप २०८० अन्तर्गत कर्णाली प्रदेशलाई २ सय ३२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
कप्तान हरिशंकर शाह र मयन यादवको अर्धशतकको मदत्मा मधेशले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३१ रन जोड्यो । मधेशका लागि कप्तान हरिशंकर र मयनले समान ५०-५० रन जोड्दा अनिल शाहले ४४ रन जोडे । टस जितेर ब्याटिङ रोजेपछि उत्कृष्ट सुरुवात पाएको मधेशको मध्यक्रम भने सोचेजस्तो चल्न सकेन ।
तीव्र गतिका बलरले राम्रो सुरुवात दिलाउन नसक्दा कप्तान रविन्द्रजंग शाहीले स्पिनरमा धेरै भर परेका थिए । बायाँ हाते स्पिनर दीपेन्द्र रावतले ४ विकेट लिँदै मधेशको ब्याटिङ धराशायी पारेका थिए ।
पहिलो विकेटका लागि अनिल र हरिशंकरले १३.५ ओभरमा ८५ रन जोड्दै सानदार सुरुवात दिलाएका थिए । यी दुईले सुरुवाती ४ ओभरमा ४० रन जोडेपछि कप्तान रविन्द्रले लगातार स्पिनरलाई बलिङमा ल्याएका थिए ।
दीपेन्द्रले अनिललाई १४ औं ओभरको अन्तिम बलमा क्याच आउट गराए । उनले ४४ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यसपछि रन गति केहि सुस्त बनेको मधेशका कप्तान हरिशंकर २४ औं ओभरमा १ सय १८ स्कोर रहँदा आउट भए । ६१ बलमा ६ चौका प्रहार गरेका उनी पनि क्याच आउट भए ।
त्यसपछि लगात्तर विकेट पतन हुँदा मधेश सम्हालिन सकेन । अघिल्लो खेलमा अर्धशतक बनाएका पवन सर्राफ र निरज यादव दीपेन्द्रकै लगातार ओभरमा शिकार बने । पवनले ११ रन जोड्दा निरजले खाता खोल्न सकेनन् । राहुल मन्डल १० रन र रुपेश सिंह १० रन जोड्दै आउट भए ।
मयनले ८८ बलमा ५ चौकासहित ५० रन जोडे । तर उनी ४५ औं ओभरमा आउट भए । त्यसपछ ३७ बलमा ३४ रन जोडेका अभिषेक तिवारी पनि रनआउट हुन पुगे । राजेश यादव र प्रदिप पासवानले ११-११ रन जोड्दै प्रतिस्पर्धाताम्क योगफलसम्म पुर्याए । दीपेन्द्रले ४ विकेट लिँदा अनुज चनाराले २ तथा दिनेश अधिकारी, युनिस सिंह र दिवान पुनले १-१ विकेट लिए । मधेश र कर्णालीको समान ४-४ अंक छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
