काठमाडौं- नेपालको महिला र पुरुष दुवै टोलीले भारतमा जारी खो खो विश्व कपमा शुक्रवार क्वाटरफाइनलमा खेल्दैछन् ।
बिहीवार बंगालादेशलाई ८४-२४ ले हराउँदै नेपाल महिलातर्फ समूहको विजेताका रुपमा अन्तिम आठमा पुगेको थियो।
सेमिफाइनल प्रवेशका लागि आज नेपालले इरानको सामना गर्नेछ। खेल भारतीय समयअनुसार साँझ ४:३० बजे सुरु हुनेछ।
नेपालको पुरुषत टोली समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो। दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा बिहीवार नेपालले समूह चरणको अन्तिम खेलमा भुटानलाई ९८-८ ले हराउँदै लगातार जित निकालेको थियो।

नेपालले आज क्वाटरफाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । खेल भारतीय समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ।
समूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको थियो।
नेपाल भारतसँगको आफ्नो खेलमा ४१-३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४- ८ र पेरुलाई ८०-३४ ले हराएको थियो ।
महिलाको समूह ‘सी’ को विजेताका बनेको नेपालले ८ अंक जोडेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ९३-२४, दोस्रो खेलमा जर्मनीलाई ७३-३४, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले हराएको थियो ।

-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
