logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

किताब खानाका शाखा अधिकृत प्रसाईसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

किताब खानाका शाखा अधिकृत प्रसाईसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा


  • आइतबार, माघ २० २०८१
  • 598
    SHARES

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना छाउनीका शाखा अधिकृत धनेश्वर प्रसाईसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार शाखा अधिकृत प्रसाईसहित तीनजनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

    केही समयअघि सेवाग्राहीबाट तीन लाख घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले प्रसाईलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका सिलसिलामा राष्ट्रिय किताबखाना (शिक्षक) छाउनीका शाखा अधिकृत प्रसाई,कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेसमेतको मिलेमतोमा सेवाग्राहीको नियमानुसार पेन्सन पट्टा बनाइ दिनका लागि विभिन्न बहान बनाइ तीन लाख घुस लिएको खुल्न आएको आयोगले जनाएको छ । उनीहरूविरुद्ध सोही रकम बराबरको बिगो, कैद सजाय माग गरिएको आरोप–पत्रमा उल्लेख छ ।

    प्रकाशित : आइतबार, २० माघ २०८१ , ०७:५० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend