logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

बैतडीमा गोली प्रहारबाट घाइते युवकको मृत्यु, आरोपित अझै फरार

बैतडीमा गोली प्रहारबाट घाइते युवकको मृत्यु, आरोपित अझै फरार


  • आइतबार, फाल्गुन १८ २०८१
  • 559
    SHARES

    बैतडी – गोली प्रहारबाट गम्भीर घाइते भएका बैतडी दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ।

    प्रहरीका अनुसार शनिबार राति करिब ८ बजे लेनदेनको विवादका क्रममा ४० वर्षीय कर्णबहादुर विष्टले सुरेन्द्रलाई गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएका सुरेन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बलदेव बडू ले जानकारी दिए।

    घटनापछि आरोपित फरार, खोजी जारी

    घटनापछि गोली प्रहार गर्ने कर्णबहादुर विष्ट फरार छन्। सुरेन्द्र कर्णबहादुरका दाजु नाता पर्ने व्यक्ति भएको खुलेको छ।

    प्रहरीका अनुसार घटनाको थप अनुसन्धान जारी छ र कर्णबहादुरको खोजी कार्य तीव्र पारिएको छ।

    प्रकाशित : आइतबार, १८ फाल्गुन २०८१ , ०५:५९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend