लोकसारथि, १९ फागुन । अर्घाखाँचीकी बौद्धिक अपांगता भएकी २६ वर्षीया रविना (नाम परिवर्तन) लाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक वृद्ध पुरुष पक्राउ परेका छन्।
रविनामा शारीरिक अशक्तताको कारणले न बालसुलभता देखियो न त युवतीमा हुने शारीरिक परिवर्तन नै। उनी सामान्य घरायसी काममै सीमित थिइन्। तर, गत वर्ष असारमा उनको शारीरिक अवस्थामा एकाएक परिवर्तन देखिएपछि छिमेकी र परिवार चिन्तित बने। परीक्षणपछि गर्भवती रहेको पुष्टि भएपछि बलात्कारीको खोजी तीव्र बनाइयो।
परिवार र छिमेकीको प्रयासपछि घटनामा संलग्न व्यक्ति अर्घाखाँची सन्धिखर्क-१२ निवासी गोविन्दप्रसाद बस्याल रहेको खुल्यो। केही समयअघि शिक्षक सेवाबाट अवकाश लिएका बस्यालले रविनालाई घरको कामका लागि बोलाएर बलात्कार गरेको खुलेको छ।
परिवारले उजुरी दिएपछि बस्याल फरार भए। लामो अनुसन्धानपछि उनी भारतमा लुकेर बसेको पत्ता लाग्यो। यता, गर्भको बच्चा हुर्किँदै गएपछि परिवारले गर्भपतन गराउने कुनै प्रक्रिया थालेन। कात्तिक महिनामा रविनाले छोरालाई जन्म दिइन्। बच्चा जन्मिएपछि प्रहरीले रविना र नवजात शिशुको सुरक्षाका लागि सेफ हाउसको व्यवस्था गर्यो।
यहीबीच बस्याल अर्घाखाँची फर्किएको सूचना पाएपछि प्रहरीले उनलाई आइतबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी चक्रबहादुर मल्लका अनुसार, प्रारम्भिक अनुसन्धानका क्रममा बस्यालले रविनालाई घरमा काम गर्न बोलाउने र मौका छोपी बलात्कार गर्ने गरेको पुष्टि भएको छ।
अर्घाखाँची जिल्ला अदालतले बस्याललाई थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको अनुमति दिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
